काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
अन्त्येष्टि अघि अन्तिम श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानोगौचरनमा राखिएको थियो । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेका थिए । देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिएका थिए ।सरकारले ढुंगानाको निधनको शोका आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया