देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज सार्वजनिक विदा

देशान्तर

सरकारले आज मङ्सिर ३ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बैठकले ढुंगानाको निधनमा सार्वजनिक बिदा दिँदै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए ।