काठमाडौं । प्रजातन्त्र पुनस्थापना पछिका पहिलो सभामुख एबम वरिष्ठ अधिवक्तासमेत रहेका दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पतालमा कलेजो सम्बन्धी समस्याको उपचार गराई रहेका उनको उपचारको क्रममा ८३ वर्षको उमेरमा आज दिउँसोे निधन भएको हो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
प्रतिक्रिया