काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गजल ‘तिमीसँग भेट्ने’ सार्वजनिक भएको छ । शीतल कादम्बिनीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गजलको आमोश तमाङले संगीत संयोजन गरेका हुन् ।
तिमीसँग भेट्ने हतारो मलाई
तिमी चाहिँ हाल्छौं तगारो मलाई ।
दिलैको खजाना लुकाएर राख्छौ
फगत त्यो नजरको झटारो मलाई ।
महेश्वरमान राजभण्डारीले मिक्सिङ मास्टरिङ गरेको यो गजलको लिरिकल भिडियो शीतल कादम्बिनीकै युट्युब च्यानलबाट रिलिज गरिएको हो । शीतल र शिवले यसअघि कहाँ थियौ तिमी रंगमञ्च, धेरै चोटि मरे म त लगायतका गजल लोकप्रिय छन् ।
प्रतिक्रिया