देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैले केही गरेको जस्तो लाग्छ भने सरकार र पार्टीले गहिरो छानबिन गरोस : पाण्डे

देशान्तर

काठमाडौं । आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कानूनी लडाइँ लड्ने बताएका छन् ।
उनले सरकार र पार्टीलाई आफुले केही गरेको जस्तो लाग्छ भने गहिरो गरी छानबिन गर्न माग गरेका छन् । उनले आफू बाट कुनैपनि खालको कमजोरी जानेर/नजानेर भएको भए जुनसुकै बेला सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि जुनसुकै बखत पनि तयार भएको बताएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसका सांसद राजेन्द्र बजगाइँले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए ।
पाण्डेले इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरूले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको बताएका छन् । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाइँ लड्ने उनको भनाइ छ ।