काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।
बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने बताएका हुन् । घिसिङले ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा आफूहरूले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल विद्युत् प्राधिकरणको नियमनकारी निकाय विद्युत् नियमन आयोग भएको भन्दै आयोगले प्राधिकरणले जारी गरेको बिलको पहिलो किस्ता तिरेपछि मात्रै लाइन जोड्न निर्देशन दिएको र अरू निकायले निर्देश दिने काम उपयुक्त नभएको भनाई राखे ।
उनले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको बताए । ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा उनले महिनामा १०÷११ अर्ब उठ्नुपर्ने रकम ८÷९ अर्ब मात्रै उठ्न थालेको बताए ।
प्रतिक्रिया