काठमाडौं । मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो । यो प्रकरणमा सोमबार पनि दुई जना पक्राउ परेका छन् ।
प्रतिक्रिया