काठमाडौं । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।
प्रतिक्रिया