देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युगोगका कथाहरुमा राजनीति, समाज र प्रशासनको यथार्थ चित्रण

देशान्तर

काठमाडौ ।नयाँ कथा संग्रह ‘युगोगका कथाहरु’ सार्वजनिक भएको छ । भक्तपुर दधिकोटस्थित काठमाडौँ स्कूल अफ ल मा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो कथा संग्रहको विमोचन गरियो ।
कथा संग्रहमा अन्तराष्ट्रिय कानूनका ज्ञाता डा. युवराज संग्रौला, पूर्व सचिव डा. गोविन्द कुसुम र पूर्व उपसचिव गणेश मार्मिकले लेखेका कथाहरु संग्रहित छन ।

लेखकत्रयका नामको पहिलो अक्षर लिएर नाम जुराइएको कथा संग्रहमा हरेकको दश/ दश वटा कथाहरु छन । कार्यक्रममा साहित्यकार रामप्रसाद ज्ञवाली, रमेश सुभेक्षुक र सुधा त्रिपाठीले कथाहरुको समाचलोचना गरेका थिए ।
डा. संग्रौलाले राजनीति र कर्मचारीतन्त्रभित्र हुने गरेका भ्रष्टाचारलाई ब्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन । डा. कुसुमका कथाहरु प्रशासनमा केन्द्रित देखिन्छन भने सुभेच्छुकका कथाहरुले सामाजिक गरिबीलाई उजागर गरेका छन ।
कार्यक्रममा कथाकार डा. युवराज संग्रौलाले पछिल्लो समय देश र समाज बोल्ने कथाहरुको अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरे । कथा, कविता र गीत संगीतले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेलेको स्मरण गर्दै उनले साहित्य र संस्कृतिबारेका अन्तक्रियाहरुलाई युवाहरुमाझ सघन रुपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए ।
कथा संग्रह ‘युगोगका कथाहरु’ लाई लेक्स एण्ड ज्युरिक्स पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।