काठमाडौं । तिहारमा लोडसेडिङ नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने भन्दै धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् । घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने प्रष्ट पारेका छन् ।
उनले यो वर्षको तिहारका लागि पुग्ने विद्युत् नेपालमै उत्पादन रहेकोले तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था पनि नरहेको बताएका छन् ।
प्रतिक्रिया