काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपअन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँबाट प्रत्यक्ष देखाउने भएको छ ।
टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनमा हुने प्रत्यक्ष प्रसारण खेल अवलोकन गर्न महानगरले अनुरोध गरेको छ । खेल आज साँझ ६ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।
प्रतिक्रिया