देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा ए.आई. कानुनको आवश्यकता



नेपालमा प्रविधिलाई समेटेर कानुननिर्माण गर्ने प्रक्रियामा धेरै नै ढिलासुस्ती छ ।
ए.आई. दिनानुदिन अत्यन्त तीव्र हिसाबले बिकास भइरहेको प्रविधिको एउटा उन्नत क्षेत्र हो । नेपालमा मात्र नभई अत्यन्त कडाभन्दा कडा कानुन भएका देशमा पनि प्रविधिको आयात÷निर्यात नियमन गर्न कठिन छ । नेपालमा प्रविधिलाई समेटेर कानुन निर्माण गर्ने प्रक्रियामा धेरै नै ढिलासुस्ती देखिन्छ । त्यसैले पनि सम्बन्धित प्रविधिको कानुन बन्नुपूर्व नै आमनागरिकले त्यस्ता प्रविधि उपयोग गरिसकेका हुन्छन् । हामी नेपालीले आजका दिनमा प्रत्यक्ष÷अप्रत्यक्षरूपमा ए.आई. प्रयोग गरिरहेका छौं । मानिसले जसरी सोच विचार गरेर निर्णय गर्दै काम गरिरहेको हुन्छ । त्यसरी नै काम गर्ने उपकरण ए.आई. जडित उपकरण हो । मानिस र रोबर्टको बीचमा इन्टेलिजेन्सको जुन बेरिएर छ, यसलाई ब्रेक गर्ने काम नै ए.आई. हो । आज म ए.आई.का वि शेषताहरूको चर्चा गर्दैछु ।


स्वचालनले म्यानुअल कार्यहरूलाई स्वचालित बनाउँछ भने यसले समय र स्रोतहरू बचत गर्दा कामको दक्षता बढाउँदछ । ए.आई. प्रणालीले विभिन्न जानकारीहरूलाई विश्लेषण गरी तार्किक निर्णयहरू लिन सहयोग पु¥याउँछ भने समस्याहरूलाई छिटो र सही ढंगले समाधान गर्ने हुनाले मानिसलाई धेरै काममा मद्दत पु¥याइरहेको छ ।
ए.आई. प्रणालीले डाटा र अनुभवबाट सिक्ने क्षमता राख्दछ र मेसिन लर्निङद्वारा यसका आफ्ना प्रणालीमा लगातार सुधार गरिदिन्छ । स्वाभाविक भाषा प्रशोधनले हाम्रा भाषालाई बुझ्न, व्याख्या गर्न साथै अनुवाद गर्न सहयोग पु¥याउँदछ । ए.आई.ले छविहरू र भिडियोलाई विश्लेषण गर्न सक्छ । ए.आई.ले स्वास्थ्य, सुरक्षा र अटोमेटिक ड्राइभिङजस्ता क्षेत्रमा हामीलाई सघाइरहेको छ । हाम्रो निर्णय क्षमता ए.आई.ले ठूलो परिमाणमा डाटा संकलन गरेर, विश्लेषण गरेर मूल्यांकन गर्न निर्णयहरू लिन सहयोग गरेको छ ।

ए.आई.ले ठूला डाटा सेटहरूको विश्लेषण गरेर पूर्वानुमान गर्न र वित्त, व्यापार तथा मौसम विज्ञानजस्ता क्षेत्रमा हामीलाई सघाइरहेको छ भने दिमागी कामको अनुकरण गर्न सक्ने क्षमता भएको उपकरण भएको हुनाले मानिसको दैनानुदिन गर्ने काममा सहयोगी बनेर हामीले गर्नै विभिन्न काममा उपयोगी साबित हँुदै गएको छ ए.आई. । आम सचेत नेपाली जनमा उपयोगी भइरहेको ए.आई. प्रविधिको सदुपयोग गरी समग्र राष्ट्रको विकासमा सहयोग पु¥याउ ननेपाल सरकारले ए.आई.को कानुन निर्माणमा उचित कदम चाल्न ढिला भइसकेको छ ।