देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

देशान्तर


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन् ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेका हुन् । बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो ।
बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमासमेत छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थ विज्ञ अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।