देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज देखि डिजिटल लाइसेन्सलाई मान्यता

देशान्तर

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ ।  वाग्मती प्रदेश सरकारले आज देखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो ।

यससँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र –लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउन सक्ने भएका हुन् । ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ ।

नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने भएको छ ।  ट्राफिक भोयलेसन रजिस्ट्रेसन  सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ ।  उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्ने छ र लाइसेन्स चेक गर्नेछ ।