देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षी गठबन्धनले दल फुटाउने अध्यादेश रोक्न समावेदन गर्ने-लामिछाने पक्राउ पर्ने दाहालको संकेत

देशान्तर

काठमाडौं । विपक्षी गठबन्धनले दल फुटाउने अध्यादेश रोक्न संसद् बैठक बोलाउन समावेदन गर्ने भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरको विपक्षी दलका नेताको कार्यकक्षमा बसेको विपक्षी गठबन्धनको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष समावेदन गर्ने निर्णय गरेका हुन् ।
साना दल फुटाएर नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने प्रयत्न भएको भन्दै विपक्षी गठबन्धनले समावेदनको तयारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुकूल अध्यादेश जारी गर्दै साना दल फुटाउने तयारी गरेको चर्चासँगै विपक्षी गठबन्धनले समावेदनको निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सरकारको तीन महिनाको काम कारबाही, प्रकृतिक विपत्तिले पुर्‍याएको क्षति लगायतका विषयमा बैठकमा ब्रिफिङ गरेका थिए । बैठकले तीन सदस्यीय संयन्त्र पनि गठन गरेको छ ।
कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको थियो । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए ।
लामिछाने पक्राउ पर्ने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संकेत गरेका थिए । उनले आफुले सरकार घटक दलहरुको बैठकमा प्रधानमन्त्रीबाट आएको कुराहरुलाई अनुमान गर्दा लामिछाने पक्राउ पर्ने अनुमान लगाउने स्थान रहेको उनले बताएका थिए ।