देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो

देशान्तर

काठमाडौं। बडा दसैँ अर्थात् नवरात्रको तेस्रो दिन आज देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा, आराधना र दर्शनका लागि बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। नवरात्रको समयमा शक्तिपीठमा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वासले भक्तजनहरूलाई आकर्षित गरेको छ। नवरात्र शक्ति प्राप्तिका लागि उत्तम समय मानिने भएकाले देशभरका मन्दिरहरूमा भक्तजनको चाप देखिएको हो।

राजधानी काठमाडौँका प्रमुख शक्तिपीठहरू जस्तै गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा, शोभाभगवती, नक्साल भगवती लगायतका मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। त्यस्तै, उपत्यकाबाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, कमलामाई, कालिञ्चोक, मनकामना, पाथीभरा लगायतका मन्दिरमा पनि श्रद्धालुहरूको भीड लागेको बताइएको छ।

नवरात्रको तेस्रो दिन आज शनिबारको सार्वजनिक बिदा परेकाले पनि भक्तजनको संख्यामा वृद्धि भएको हो। यस दिन नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा आराधना गरिन्छ। नौ दिनसम्म नवदुर्गाका विभिन्न रूपहरूको पूजा गरेर विजयादशमीका दिन प्रसाद र समृद्धिको प्रतीक जमरा लगाउने परम्परा छ, जुन कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।