देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

देशान्तर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्य पदार्थहरूको निरीक्षण र अनुगमनलाई निरन्तरता दिने क्रममा काठमाडौँ उपत्यकामा दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको जनाएको छ। विभागले मोवाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्वको समयमा बजारमा आउने खाद्य पदार्थहरूको गुणस्तर जाँच गर्न टोली खटाएको थियो।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनमा एउटा खाद्य कम्पनी र एउटा डेरी फर्ममा अखाद्य पदार्थ फेला परेको जानकारी दिनुभयो। पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थहरूको नमूना परीक्षण गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको बताइएको छ।

सूर्यमुखी डेरी पसलबाट प्रशोधित दूधको नमूना सङ्कलन गरी विस्तृत परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। त्यस्तै, एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक जाँच गर्दा कैफियत देखिएकोले विभागले उक्त पदार्थको प्रयोग नगर्न निर्देशन दिएको छ। पाँच फर्ममा गरिएको अनुगमनमा तीनवटामा कुनै कैफियत नपाइएको जानकारी विभागले दिएको छ।