देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकले घोषणा ग¥यो लाभांश

देशान्तर


काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४६३औं सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आ.व २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्ता पुँजी १४,२००,९७४,००६ को ४ प्रतिशतले हुने ५६,८०,३८,९६०/२३ बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २,९८,९६,७८७/३८ सहित जम्मा ५९,७९,३५,७४७/६१ दिने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
२०६४ साल वैशाख ७ गतेबाट कारोवार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेको छ भने, प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सूचना अधिकारीमा नारायणराज
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । २०६४ सालमा बैंकको आरम्भदेखि नै सिटिजन्स बैंकमा आबद्ध रहेका उनी बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका थिए । हालै सूचना अधिकारीमा नियुक्त भएका अधिकारीसँग २० वर्षको बैंकिङ अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पाेरेट कम्युनिकेसन विभागसमेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टस्.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।