काठमाडौं । गरिमा विकास बैंक, गठ्ठाघर शाखाले मध्यपुर–३ स्थित ग्लोबल पाठशालाको समन्वयमा पाठशालाका बिद्यार्थीहरुका लागि वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ग्लोबल पाठशालामा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ग्लोबल पाठशालाका ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बैंकको गठ्ठाघर शाखाका कर्मचारीहरु सीता डुम्रे, अप्सरा केसी र रेश्मा घिमिरेले गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुलाई बैंकका कर्मचारीहरुले वित्तीय सचेतनाका साथै विभिन्न प्रकारका वचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने विभिन्न सेवाहरु बिषयमा वित्तिय शिक्षा प्रदान गरेका थिए ।
प्रतिक्रिया