काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकट निगमका काठमाडौं बाहिरका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन विभागीय प्रमुखहरुलाई निगमले निर्देशन दिएको छ ।
काठमाडौं बाहिर हाल भैरहवा स्थित निगमको कार्यालयबाटमात्र बिक्रिवितरण भइरहेकोमा आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी निगमले यस्तो निर्देशन दिएको हो । निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धीत विभागीय प्रमुखहरुलाई विशेष निर्देशन दिएका छन् ।
साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको वेभसाइट बाट समेत अनलाईन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकटको सेवा लिने विश्वास निगमले लिएको छ ।
प्रतिक्रिया