देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डी.बि. सिंहको राष्ट्रिय झण्डा  सार्वजनिक

देशान्तर

काठमाडौँ । पेशाले इन्जिनियर र नेपाल बिद्युत् नियमन आयोगका पूर्व अध्यक्ष दिल्ली बहादुर सिंहको शब्द रचनामा  राष्ट्रिय झण्डा  बोलको गीत सार्वजनिक भएको छ । साहित्यमा डिबि सिंह नामले परिचित उनको गीतमा  राजेश पायल राई,  शिव परियार,दीपक लिम्बु, पुरुषोत्तम न्यौपाने,मेलिना राई, त्रिशाला गुरुङ , रचना रिमाल र सदिच्छा कट्टेलको स्वर रहेको छ । पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको गीतको भिडियोमा,सञ्चिता लुइँटेल, शुस्मा महरा र डी.बि अभिनय रहेको छ । 

एक साता अघि सार्वजनिक गीतको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन भने राजेश घिमिरेले खिचेका हुन ।  भिडियो सम्पादन र रङ्ग संयोजन सतिश श्रेष्ठले गरेका हुन् ।  सिंह विगत करिब पाँच दशक देखि साहित्य र सङ्गीतमा सक्रिय छन् ।