देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

देशान्तर

काठमाडौं। नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन होटलसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र होटलका तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकले होटलमा छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा छुट पाउनेछन्। छुट सुविधा पाउन नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक वा एटीएम कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। ग्राहकको हितलाई केन्द्रमा राखेर छुट सुविधाको सम्झौता गरेको बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने र्‍याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो ।र्‍याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।