देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

“चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” सम्पन्न

देशान्तर

काठमाण्डौ । स्पाईनी मुभिजको आयोजनामा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड प्रदान गरेकोे थियो । कार्यक्रमको निर्देशक कमला जोशीका अनुसार यस संस्करणको लागि नेपाल सहित भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिmचर लेन्थ, सर्ट लेन्थ, र डकुमेन्ट्री चलचित्रहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष डा हुस्नेद आजादको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र कोरियोग्राफर सन्दिप कुमार भुजेल सम्मानित भएका थिए ।

कार्यक्रममा राष्ट्रिय बिधा तर्फ लक्ष्मण सुबेदीको निर्माण तथा निर्देशन रहेको चलचित सतीदेवीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्यो भने लक्ष्मण सुनारले चलचित्र बुलाकी बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका थिए त्यस्तै चलचित्र सतिदेबीबाट मल्लिका महतले अभिनय विधामा अवार्ड हात पारिन् । त्यस्तै चलचित्र नम्बरी सुन मार्फत संगीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट संगीतकारको अवार्ड र सोही चलचित्रबाट जुरी मेन्सन अवार्ड निर्माता नरेश खातीले प्राप्त गरे ।

निर्देशक पुर्णकाजी ज्यापुले नेपाल भाषाको चलचित्र हिसिमती मार्फत सर्वोत्कृष्ट कल्चरल चलचित्रको अवार्ड प्राप्त गरे भने छोटा चलचित्र तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र परिवर्तन मार्फत अभिनेता प्रभण भुसालले प्राप्त गरे । त्यस्तै छोटा चलचित्र तर्फ नै चलचित्र छाँयाबाट सार्वोत्कृष्ट निर्देशक दिनेश कार्की, सिमाबाट सर्वोत्कृष्ट छाँयाकार सुजेश थापा, अन्तरवार्ता सर्वोत्कृष्ट निर्देशक जुरी मेन्सन अवार्ड प्रशन्न माली र होएर एम आईबाट सर्वोत्कृष्ट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गरेका गरिन् ।

कार्यक्रममा अन्तराष्ट्रिय बिधा तर्फ सर्वोत्कृष्ट चलचित्र रेड मार्फत रौनक विक्रम (नेपाल) ले प्राप्त गरे भने सर्वोत्कृष्ट जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका), सर्वोत्कृष्ट स्पाईरेशन अवार्ड चलचित्र रोमाद (ओमान), सर्वोत्कृष्ट छायाँकार चलचित्र रन फर युआर लाईफ (डेनमार्क), सर्वोत्कृष्ट स्कृष्ट द जब (अमेरिका), सर्वोत्कृष्ट छायाँकार जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ला डेर डेस डेर (फ्रान्स), सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड चलचित्र अ टाउन वालेड १९९५ ( आएरल्याण्ड), सर्वोत्कृष्ट हिस्टोरिकल अवार्ड चलचित्र ड्रिम्स अफ द पास्ट (रसिया), सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड चलचित्र जिगोलो (अष्ट्रिया), सर्वोत्कृष्ट ईमोसनल अवार्ड चलचित्र ईष्टेल (स्पेन) र सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड चलचित्र अक्रोश द हिमालय (स्वीडेन) लाई प्रदान गरिएको थियो । कार्यक्रममा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, अमृत खाती र सुस्मा शाही लगायतका कलाकारहरुको सांगितीक प्रस्तुती दिएका थिए ।

चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख रहेको उक्त फेष्टिवलमा अन्र्तराष्टिय निर्णायक सदस्यहरु तर्फ अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत) शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) थिए भने राष्ट्रिय तर्फका निर्णायक सदस्यहरुमा छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार÷निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिल माया मगर, निर्णायक सदस्यका रुपमा रहेका थिए ।