काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड र बुद्ध एयर प्रा. लि. बीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई बुद्ध एयरको हवाई टिकटमा ८% सम्म छुट दिने सम्झौता भएको छ।
सम्झौतामा नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पन्त र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए।
नेपाल एसबीआई बैंकले हाल १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम, र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया