देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय – डेंगुको महामारीबाट बचाऔं

देशान्तर


वर्षात् सकिने र उत्पात गर्मी बढ्ने समयको रूपमा भदौ महिनालाई लिइन्छ । मनसुनजन्य सरुवा रोगहरूको बिगबिगी पनि यही महिना देखिन्छ । केही वर्षदेखि लामखुट्टेको टोकाइबाट तराईमा मात्र देखिने रोग ‘डेंगु’महामारीको रूपमा ७७जिल्लामा फैलिसकेको जगजाहेर नै छ । यसवर्ष पनि उपत्यकाको ललितपुरमा अधिक सहित देशभर फैलिसकेको स्वास्थ्य मन्त्रालय र समाचार माध्यमहरूबाट आइरहेको छ । फलस्वरूप मन्त्रालयले स्थानीय निकायसँग समन्वय गरी देशभर डेंगु सार्ने लामखुट्टेको नियन्त्रण गर्ने अभियान नै सुरु गरिसकेको छ । तिनै तहको सरकार यस अभियानमा सक्रिय रहे पनि जनता आफू सुसूचित नभए सम्म यसले महामारीको रूपलिन सक्ने कुरालाई नकार्न सक्ने अवस्था छैन । डेंगुबाट बचाऔं र बचौं भन्ने मूल मन्त्रसहित सरकारको क्रियाशीलता र जनताको सचेतनाले मात्र यो अभियानलाई निष्कर्षमा पु¥याउनसक्ने कुरामा दुई मत हुनै सक्दैन । ‘बचौं र बचाऔं’को अभियानलाई सार्थक बनाउन सबै लाग्नुपर्ने देखिएको छ ।


कोरोना महामारीपछि विगतका केही वर्षदेखि तराईमा मात्र सीमित डेंगु रोग महामारीकै रूपमा फैलिनुलाई सबैले आश्चर्यको रूपमा लिएका छन् । कोरोना भन्दा ज्यान लिने कुरामा कम भएपनि रोग लागेकादुवै रोग लागेका बिरामीहरूको अनुभवमा पीडादायी लामखुट्टेका टोकाइका कारण सर्ने रोग ‘डेंगु’ घर कम्पाउन्ड, वस्ती, कार्यालयहरूमा सरसफाइ र पानी जम्नबाट रोक्न सकियो भने नियन्त्रण गर्न सकिने जन स्वास्थ्यविद्हरूको सल्लाह छ । कार्यालय र बस्तीहरू सरकारी निकायहरूको सक्रियतामा र घरकम्पाउन्ड जनचेतनाबाट सरसफाइ मा ध्यान पु¥याई पानी जम्न रोकियो भने यो पीडादायी रोग डेंगुबाट बच्न सकिने स्पष्ट नै छ । गत दुई वर्षको तुलनामा यसवर्ष महामारीको रूप नलिए पनि यसबाट सातै प्रदेशमा मानिसहरूले ज्यान गुमाएको समाचार आइरहेको सर्वविदितै छ । त्यसैले डेंगुलगायत मनसुनजन्य अन्य सरुवा रोगहरूबाट बच्न समयमै ध्यान दिनुपर्ने देखिन्छ ।


जहाँसम्म यसलाई भयावह रूप हुन नदिन कसले जिम्मेवारी लिने भन्ने प्रश्नहरू उठिरहे पनि जनधनको क्षतिको जिम्मा लिने सरकार नै पहिलो जिम्मेवार निकाय हो । सरकार अन्तर्गतको स्वास्थ्यतथा जन संख्या मन्त्रालयको सक्रियताले मात्र यो सम्भव हुँदैन । मुलुक संघीय ढाँचामा प्रदेश र स्थानीय निकाय सहित सञ्चालित भइरहेको वर्तमान अवस्थामा संघको निर्णयलाई प्रदेश र स्थानीय निकायहरूको समन्वयमा क्रियाशीलता अगाडि बढाउन सकियो भने रोग नियन्त्रणको कार्य सहज हुने देखिन्छ । त्यसमा पनि जनतासँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहेको स्थानीय सरकारको क्रियाशीलता सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुने कुरा नकार्न सकिँदैन तर साधन र स्रोत केन्द्रीय सरकार जुटाउनुपर्ने पक्षलाई पनि वेवास्ता गर्न मिल्दैन । त्यसैले संघको स्वास्थ्यतथा जन संख्या मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय सरकारको समन्वयमा अभियानको रूपमा डेंगुलगायत मनसुनजन्य सरुवा रोग नियन्त्रणको अभियानच लाइयो भने महामारीलाई रोक्न सकिने कुरा यथार्थमा परिणत गर्न सकिन्छ । यसमा सबभन्दा महत्वपूर्ण पक्ष भनेको जनचेतना नै हो ।