देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा ६४ अंकको वृद्धि

देशान्तर

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अङ्कले बढेको छ । आज नेप्से ६४.२५ अङ्कले घटेर २७६०. ९० अङ्कमा पुगेको छ  ।

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ ।

आज युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्ससहित ८ कम्पनिको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिभेन्चर २०८८ को सबैभन्दा बढी७.९२ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावरको १४ लाख ७७ हजार २२९ कित्ता शेयर किनबेच भएको छ ।