देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कमला ह्यारिसलाई ओबामाको समर्थन

देशान्तर

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् ।ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्बजनिक गर्दै आफु र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । 

ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् ।यस अघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रुपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरुले ह्यारिसलाई समर्थन गरेका थिएनन् ।