देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल वायु सेवा निगमद्धारा न्यारो बडी जहाज खरिद प्रक्रिया सुरु

देशान्तर

काठमाडौं । नेपाल वायु सेवा निगमले थप दुई वटा न्यारो बडी जहाज खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जहाज थोरै भएका कारण ४० प्रतिशत उडान कटौति गर्नु परेपछि निगमले यस्तो कदम चालेको हो । निगमले अहिले एयरबससँग बिमान खरिदको बारेमा छलफल गरिरहेको छ । सार्वजनिक खरिद ऐन परिमार्जन भएसँगै निगमले सिधै एयरबसँग बिमान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले अहिले उडान भरेकै स्थानका लागि न्यारो बडी जहाज ल्याउन लागेका बताए। उनले अहिले एयरबसँग प्रारम्भिक छलफल गरिरहेका पनी बताए । ‘ए ३२०-२०० सिरिजको न्यारोबडी जहाज खरिद गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए । साथै अहिले निगमले दुईवटा वाइड बडी ३३०-२०० ल्याउन लागेको छ । यो २०१८ को अक्टोबरसम्ममा ल्याउने निगमको तयारी छ ।

अहिले दुईवटा वाइडबडी खरिदका लागि निगमले ८ अर्ब रुपैयाँ एएआर कम्पनीलाई पठाइसकेको छ । यी जहाजहरु आइसकेपछि अन्तर्राष्ट्रिय उडानमा निगमकोे बजार हिस्सा बढ्ने श्रेष्ठले बताए । त्रिभुवन बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्नेमा गत वर्ष निगम सबैभन्दा अग्रस्थानमा रहेको रह्यो । सन् २०१५ मा नेपाल एयरलाइन्स नेपालमा सबैभन्दा बढी उडान भर्ने र यात्रु बोक्ने बिमान कम्पनीको सुचीमा क्रमशः तेस्रो र पाँचौं स्थानमा थियो । तर, २०१६ मा आइपुग्दा दुवै सुचीमा निगम पहिलो बनेको छ ।

तर यो वर्ष यही साख कायम रहनेमा आशंका उत्पन्न भएको छ । निगमसँग अहिले दुईवटा बोइङ छन् । तीमध्ये बि ७५७(२०० पुरानो भएर लिलामीमा राखिएको छ भने बी ७५७-२०० एम मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा छ । अहिले निगमले दुईवटा ए ३२० एयरबसबाट मात्रै सेवा प्रदान गरिरहेको छ । एक लिलामीमा र अर्को मर्मतमा गएका कारण यसको ४० प्रतिशत उडान कटान भएको प्रवक्ता श्रेष्ठले बताए ।

भुटानबाट भाडामा लिन लागेको जहाज पनि कानुनी जटिलताका कारण यसले ल्याउन सकेन । जसका कारण सन् २०१५ मा दुईवटा एयरबस भित्राएर कमाएको साख यो वर्ष गुम्ने खतरा छ ।