देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीमा पहिलो पल्ट कांग्रेसबाट मुख्यमन्त्री

देशान्तर

काठमाडौं। बागमतीले पहिलो पल्ट कांग्रेसबाट मुख्यमन्त्री पाएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। उनलाई एमालेका ९२७० र कांग्रेसका ९३७० गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।

२०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लागेकालामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन् । उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का नेता स्व पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी लामा विभिन्न संघ संस्थामा आबद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन् । लामा २०५४ सालमा गाविस बनेर अध्यक्ष जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए ।