काठमाडौं । अविरल वर्षापछि तराई क्षेत्रमा आएको बाढीका कारण आपूर्ति असहज हुँदा राजधानीका पेट्रोलपम्पमा उपभोक्ताको लाइन बढेको छ । गत बिहीबारदेखि तराईमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम ढुवानीमा असर परेको हो।
पेट्रोलियम ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउनुपर्ने माग राख्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले माग राखे यता निगमले पेट्रोल र डिजेल आवश्यक मात्रामा उपलब्ध गराउन सकेको थिएन ।
भण्डारण क्षमता कम भएका कारण पनि इन्धन आपूर्ति असहज बन्दै आएको हो । हाल निगमसँग भएको मौज्दातले पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन र हवाई इन्धन १३ दिनका लागि मात्र भण्डारण हुने गरेको छ ।
प्रतिक्रिया