काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका हुन् ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए । संसदमा शुक्रवार विश्वासको मत प्राप्त नगरेपछि माओवादी केन्द्रका अध्यक्षसमेत रेहका पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएर काम चलाउ प्रधानमन्त्रीमा रुपान्तरण भएका थिए ।
प्रतिक्रिया