काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आउदो २८ गते विश्वासको मत लिने भएका छन् । उनले सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् । गण्डकीमा कांग्रेसको २७ सिट छ ।
विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङले पाण्डेलाई बिश्वासको मत दिने कांग्रेसको भनाई छ । यति हुदाँ कांग्रेसलाई थप एक मत आबस्यक पर्छ । पाण्डे छलफलका लागि बिहीबार काठमाडौँ आएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् ।
पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया