काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले नेपाल परिवारदलका अध्यक्ष एकनाथ ढकालको खर्चमा बरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाललाई परराष्ट्र मन्त्रालयको सहमति बिना उत्तर कोरीया पठाउदै छन ।
परिवारदलका अध्यक्ष ढकालले एक कार्यक्रममा सहभागी गराउने भन्दै परराष्ट्र मन्त्रालयले स्वीकृत नदिए पनि नेता नेपाल सहित सांसदहरू हरिबोल गजुरेल, छाया शर्मालाई प्योङयाङ लान लागेका हुन् । ढकालले नेपाल बाहेकका सांसदहरूलाई भने बिहीबार नै त्यसतर्फ पठाई सकेका छन ।
उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद हुन सक्ने सम्भावना रहदा रहदै पनि एमाले अध्यक्ष ओलीले नेपाललाई पठाउन सहमती जनाएका हुन ।
नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए ।
दकालले नेपाललाई इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु नामक कार्यक्रममा मुख्य अतिथि बनाएर उत्तर कोरिया लान लागेका हुन ।
प्रतिक्रिया