काठमाडौं । प्रमुख निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने भनि दिएको अभिब्यक्ति सही भएको बताएका छन ।
नेम्वाङले यादबको भनाई पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै दुबै निर्वाचन एकै चरणमा हुन नसक्ने र प्रदेशसभा भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव सकारात्मक रहेको बताए ।
प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशको चुनाव गर्न नसकिने भन्दै पहिले प्रतिनिधिसभाको चुनाव गर्ने अनौपचारिक प्रस्ताव राखेपछि एमाले नेताहरु खुशी देखिएका हुँन । एमालेले प्रदेशको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने माग राख्दै आएका बेला यादवको यस्तो प्रतिक्रिया सहि भएको उनले बताए ।
उनले मंसिरमा प्रतिनिधिसभा चुनाव नगराए संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने भएकाले पहिले प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव सकारात्मक रहेको दाबी समेत गरेका छन ।
यस अघि यादबले निर्वाचन आयोगले आगामी माघ ७ भित्र प्रदेशसभाको चुनाव गर्न नसक्ने भन्दै अब प्रतिनिधिसभाको चुनाव मात्रै हुन सक्ने बताएका थिए । चुनावबारे निर्वाचन आयोगले कुनै औपचारिक निर्णय नगरे पनि प्रमुख निर्वाचन आयुक्त यादवले आगामी माघ ७ भित्र प्रतिनिधिसभाको मात्रै चुनाव हुन सक्ने बताएका छन् ।
यादबको यो भनाईले राष्ट्रिय ढुकुटीबाट १८ अर्ब सक्ने अभियानमा एमाले समेत सामेल भएको पुर्ब आयुत्तहरुको भनाई छ । यादवले सरकारलाई माघ सात भित्रमा सबै निर्वाचन सम्भव नभएको जानकारी समेत गराएका छन ।
प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने सरकारको प्रस्तावसमेत जटिल रहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी कानुनका साथै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समयमै नआएका कारण अब प्रदेशको चुनाव गराउन कठिन हुने यादवको भनाई छ ।
यादबले प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न मतपत्र व्यवस्थापन, मतदान केन्द्र व्यवस्थापन र मतदाता शिक्षा लगायत धेरै प्राविधिक कठिनाइका बावजुत पनि दुबै निर्वाचनका लागि ७ करोड मतपत्र छाप्नुपर्ने बताएका छन ।
प्रतिक्रिया