काठमार्डौ । सहयात्रा नेपालको मुख्य आयोजना र राष्ट्रिय लोक संस्कृतिक संघ तथा भ्यू प्वाईन्ट मिडियाको सहकार्यमा पहिलो पटक राष्ट्रिय मौलिक लोक भजन प्रतियोगीता २०८१ हुने भएको छ ।
आउदो असार १ गते राष्ट्रिय नाच घर सांस्कृतिक संस्थान जमलमा हुने प्रतियोगीतमा ७ प्रदेशवाट ३–३ समुह को सहभागीता सँगै २१ समुह र काठमाण्डौँ उपत्यकाको ४ समुह गरी जम्मा २५ समुह विच प्रतिष्पर्धा हुने कार्यक्रम संयोजक लोक गायक चन्द्र शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार प्रथम हुने समुहले एक लाख द्धितिय हुने समुहले पचास हजार तृतीय हुने समुहले पच्चीस हजार र सान्तवना हुने समुहले सात हजार सात सय सतहत्तर नगद पुरस्कार पाउने छन् ।
सह संयोजक अमृत खाति रहेको कार्यक्रममको व्यवस्थापन भ्यू प्वाईन्ट मिडियाका निर्देशक शान्त शिशिरले गर्ने भएका छन् । उनका अनुसार कार्यक्रममा करिव हजार दर्शकको सहभागीता रहने छ । कार्यक्रम राष्ट्रिय स्तरका ख्याती प्राप्त रेडियो, टेलिभिनज बाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया