देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले भने एकै चरणमा दुई निर्वाचन सम्भव छैन

देशान्तर

काठमाडौं । नेपापा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा सम्भव नहुने बताएका छन । ओलीले दुबै निर्वाचन एकै चरणमा सम्भव नहुने भएपछि प्रतिनिधि सभाको निर्वान पहिले हुनपर्ने बताएका छन ।

उनले माघभित्र सबै निर्वाचन नभए मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्ने भन्दै पहिले प्रतिनिधि सभा बचाउन आवस्यक भएको बताए ।

बर्तमान सत्ता गठबन्धन दलहरु प्रति खनिएका ओलीले निर्वाचन सम्पन्न गराउने कुरामा प्रतिपपक्षको भुमिकाका बिषयमा भने बोलेन् ।
नेकपा एमाले भद्रपुर नगर कमिटीले बुधबार गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले जसरी पनि माघभित्र निर्वाचन गर्नैपर्ने र नगरे मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्ने बताए ।

संबिधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने ओलीको भनाइ छ । उनले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताए ।

स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दै अध्यक्ष ओलीले राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता साधारण कुरा नभएको बताए । उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा नरहेको दाबी गरेका छन ।