काठमाडौं । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघलेचलचित्र पत्रकारितामा योगदान दिनेहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यामा संघको २५औं वार्षिकोत्सवमनाउँदै संघले चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट पत्रकार विदुर गिरीलाई सम्मानित गरिएको थियो । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो ।
यस्तै ५१ हजार रुपैयाँसहितको यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सुरज खड्का र अशेषअधिकारी र पुरस्कृत भए भने राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट कृष्ण भट्टराईराज श्रेष्ठसम्मानित भए ।
दाङमा रहेर सक्रिय रूपमा चलचित्र पत्रकारिता गर्दै आएका शिव पुन यसपटक यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । यो पुरस्कारको राशि २५ हजारको रहेको छ ।
यसैगरी २५ हजार रुयैयाँ राशिसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पत्रकार मदन रिजालपुरस्कृत हुँदा मणिराज गौतम, जयन सुब्बा मानन्धर, रञ्जन खनाल, डीबी खड्का, शिल्पा अधिकारी, रवीन्द्र खड्का, अमृत पुडासैनी र दीपक विष्ट पनि सो अवसरमा सम्मानित भएका थिए ।
प्रतिक्रिया