देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१९ करोड लागतमा रक्षा मन्त्रालयले १ सय ५ कोठे भवन बनाउदै

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको बुधवार शिलान्यास गरेका छन ।

सिंहदरबार परिसरको दक्षिण पश्चिम नेपाली सेनाको क्याभलरी रहेको स्थानमा आगामी २०७७ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त भवन शिलान्यास गरिएकोे होे ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्ने राष्ट्रिय दायित्व बहन गर्ने उद्देश्यले २००८ सालमा रक्षा मन्त्रालयको स्थापना भएको थियो ।

प्रधानमन्त्री कार्यालयमा रहिआएको रक्षा मन्त्रालयको कामकारबाही भूकम्पबाट क्षति भएपछि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको भवनबाट सञ्चालन हुँदै आएको छ । राष्ट्रिय सुरक्षासँग अति संवेदनशील कार्य रक्षा मन्त्रालयको जिम्मेवारीभित्र पर्दछ ।

आफ्नै व्यवस्थित र उपयुक्त भवनको अभावमा रक्षा मन्त्रालयबाट हुने कार्यसम्पादनमा कठिनाइ हुँदै आएको थियो । सहरी विकास मन्त्रालय, सिंहदरबार सचिवालय पुनःनिर्माण समितिमार्फत निर्माण हुने रक्षा मन्त्रालय भवनको लागत १९ करोड ३३ लाख रहेको छ ।

मुख्य भ¥याङ, आपत्कालीन भ¥याङ र लिफ्टसमेतको व्यवस्था रहने १०५ कोठाको उक्त भवनमा अग्नि निरोधक प्रणालीसमेत जडान हुने बताइएको छ ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले आर्थिक अनुशासनमा रहेर तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सबै पक्षलाई आफ्नो जिम्मेवारीको विषयमा सचेत रहन निर्देशन दिएका छन ।

सिंहदरबार सचिवालय पुनःनिर्माण समितिबाट तयार गरी लागू भएको गुरुयोजनाअनुरुप नै भवन निर्माण हुनेमा विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्तरिक र बाह्य परिवेशको परिवर्तन अनुकूल प्रशासनिक संयन्त्र बनाउनका लागि दक्ष जनशक्ति, उपयुक्त प्रविधि तथा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए ।

रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै रक्षा मन्त्रालयले आफ्नो स्थापनाको उद्देश्यअनुरुप महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।