देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित

देशान्तर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । शर्मालाई वैशाख १८ गते निलम्बन गरिएको हो ।
प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेश प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । शर्मालाई महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको फैसला भएकोले उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको हो ।
शर्मालाई प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरिएको झाले जानकारी दिए । अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा शर्मालाई दोषी ठह¥याउँदै जन्मकैदको फैसला सुनाएको थियो ।