देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीवास्तवका कारण राजपा पर्सामा तिब्र विवाद

देशान्तर

वीरगंज । राष्ट्रिय जनता पार्टीका महामन्त्री विमल श्रीवास्तवका कारण पर्सा जिल्लामा पार्टीको अवस्था नाजुक बन्न पुगेको पार्टीकै नेता कार्यकर्ताले आरोप लगाएका छन् । जिल्लामा पार्टीकाे गतिविधि र हरेक कृयाकलापमा आफु निकटलाइ मात्रै लिएर हिँड्ने गरेका कारण पार्टीमा असन्तुष्टि चुलिएको हो ।

बैशाखमा भएको पार्टी एकिकरण पछि जिल्लाको अध्यक्ष मण्डलको अध्यक्षमा तत्कालिन तराइ मधेश लोकतान्त्रीक पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम झालाई जिम्मेवारी दिइएको थियो । श्रीवास्तवका निकट रहेका झाले उनकै निर्देशन अनुसार एकिकरण पछि अन्य दलबाट आएका नेता कार्यकर्तालाई समेट्नु पर्नेमा पाखा लगाउँदै गए पछि आफुहरु पनि निस्कृय भएर बसेको पार्टीका एक सहमहासचिवले बताए ।

६ पार्टी  एक हुँदा उक्त समयमा जिल्लामा सबै खुसि थिए । नेता, कार्यकर्ता मात्रै होइन जिल्लाका स्थानिय जनता समेत हर्षित थिए । तर त्यसको ३ महिना पनि नवित्दै नेता कार्यकर्तामा तिब्र असन्तुष्टि बढेको हो । अहिले पार्टी भित्र एकले अर्कोलाई हेर्नै नसक्ने अवस्थामा पुगेका छन् । आफु अनुकुल नभए पछि श्रीवास्तवले अध्यक्ष मण्डलका प्रेमबाबु पटेल र कृष्ण पटेललाइ अहिले कारवाहि गर्ने भन्दै हल्ला फिँजाएर हिडेको एक नेताले बताए ।

एकिकरण पछि दुवै जना अध्यक्ष मण्डलका सदस्य हुन् । हरेक २ महिनामा जिल्ला संयोजक परिवर्तन गर्ने सहमति अनुसार गत आइतबार मात्रै प्रेमबाबु पटेललाइ जिल्ला संयोजकमा चयन गरिएको छ । पार्टीमा सर्वसम्मत निर्णय गरेर अघि बढ्नु पर्नेमा श्रीवास्तवले बहुमतको खेल खेलेर पार्टी भाड्ने षड्यन्त्र गरेको भन्दै अध्यक्ष मण्डलभित्रैबाट विरोध भएको थियो ।

बहुमतबाट झालाई नै अध्यक्ष मण्डलको संयोजकमा निरन्तरता दिने कसरतमा रहेका श्रीवास्तवको योजना तुहिए पछि उनि अहिले विभिन्न अनर्गल प्रचार गर्दै जनतालाई भ्रममा पार्ने खेलमा लागेका छन् । झण्डै ३ महिना भन्दा बढी संयोजकको जिम्मेवारी लिएका पुरुषोत्तम झाले एकिकरण पछि एक भएका अन्य पार्टीका सहकर्मी संग कुनै प्रकारको सुझाव समेत नलिएको र पार्टीको बैठक समेत मुस्किलले एक दुई पटक मात्रै बसेको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।

वीरगंजलाई महानगरपालीका घोषणा गर्नु अघि त्याहाँको मेयरमा पुरुषोत्तम झालाई उठाउने तयारी थालेका श्रीवास्वतले महानगर घाषणा संगै आफै मेयरमा उम्मेदवारी दिने भन्दै हिडेका छन् । आफुलाई उम्मेद्धार बनाउने भए पछि झाले समेत जग्गा बेचेरै भए पनि खर्चको जोहो गरिसकेका थिए । पछि श्रीवास्तवले आफै उठ्ने भन्दै बजारमा हल्ला गर्दै हिँड्न थाले पछि झाको सपना टुटेको थियो ।

झा संयोजक रहेको ३ महिने अवधिमा केन्द्रलाई रिझाउन बाहेक कार्यकर्ता र जनतामा भने पार्टीको छवि धुमिलिन पुग्यो । उनले आयोजना गर्ने भेला र पार्टी प्रवेसका कार्यक्रम केवल औपचारीकतामा मात्रै देखियो । अहिले त्यसको बारेमा कुनै अभिलेख फेला नपर्दा उक्त समयमा कार्यक्रम गरे/नगरेको कुनै औचित्य नदेखिएको एक नेताले बताए ।

श्रीवास्तवको अराजक र अनैतिक कृयाकलापको बारेमा पार्टी नेतृत्वलाइ जानकारी भए पनि अहिले सम्म कुनै प्रतिकृया नआउनुले पार्टीका बफादार नेता तथा पार्टी प्रति शुभेच्छा राख्ने कार्यकर्ताहरु निरास देखिएका छन् । पार्टी केन्द्रले श्रीवास्तवको अराजक गतिविधिलाई अंकुस लगाइ सबैलाई मिलाएर लैजाने नीति लिनेछ भन्ने विश्वास आफुले लिएको ति नेताले बताए ।