देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । 

सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने- लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।