काठमाण्डौ । दुई नम्बर प्रदेशको आसन्न निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउने इश्वर बचन दिएर अगाडी बढेका एमाले महासचिव इश्वर पोखरेल कांग्रेस पराजित गर्न जुनसुकै दल र अपराधिक गिरोहसंग समेत तालमेल गर्ने बताएका छन ।
तेस्रो चरणको स्थानीय निर्वाचन हुने तराई–मधेसका आठ जिल्लाका लागि चुनावी रणनीति तय गर्न बसेको उपलब्ध पदाधिकारी बैठकमा पोखरेलले दुई नम्बर प्रदेश विराटनगर माहानगर जस्तै चुनौतीपूर्ण रहेको सुनाए ।
उनले कांग्रेसलाई पछिपार्न कुनैपनि राजनितिकदल र त्याहां रहेका अपराधिक समुहसंग पनि साँठगाँठ गर्न आवस्यक रहेको बताए । पोखरेलले प्रदेश नम्बर दुईमा एमालेले आफ्ना पदाधिकारीहरुलाई विभिन्न जिल्लाको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिएको अवस्थामा यस्तो निर्देशन दिएका हुन ।
शुक्रवार भएको निर्णय अनुसार मधेसको चुनावी अभियान महासचिव ईश्वर पोखरेलको कमाण्डमा परिचालन हुनेछ । शुक्रवारको बैठकमा महाँसचिव पोखरेलले वीरगञ्ज, जनकपुर र लाहानमा खुल्ने सचिवालयले चुनावी गतिविधि बढाउने,‘मधेसमा हामी कमजोर छौं भन्ने भ्रम चिर्ने र आवस्यकपरे अपराधिक समुहसंग पनि तालमेलको अवस्था तयार गर्न निर्देशन दिए ।
काठमाण्डौ र बिराटनगरमा समेत जीवनभर लगभग हार स्वीकारी सकेका पोखरेललाई एमालेले दुई नम्बर प्रदेशको कमाण्ड दिएको छ । जहाँ एमालेको नाम लिएर दुई नम्बर प्रदेशेको कमाण्ड पाएका हरुसमेत जान सकेका छनैन ।
महासचिव पोखरेलले बाँडफाँड गरेको जिम्मेवारी अनुसार महासचिव पोखरेल वीरगञ्ज, उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतटहट खटिने छन् ।
योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही र भीम आचार्य सप्तरीको कमाण्ड सम्हाल्नेछन् । अर्का सचिव पृथ्वीसुब्बा गुरुङ महोत्तरी पुग्नेछन् भने प्रदिप ज्ञवालीले लाहानका कार्यक्रमहरुमा सहभागी हुनेछन् ।
भीम आचार्य पृथ्वीसुब्बा गुरुङ महोत्तरी यस अघि सम्पन्न दुई चरणको निर्वाचनमा उमेद्वारबाट पैसा उठाएर खाएको अभियोगमा प्रदेश नम्बर एक छाडेर भागेका नेता हुन् ।
प्रतिक्रिया