काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्र बाहादुर कार्कीले सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने जनाएका छन । उनले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको बताए ।
अर्थमन्त्री कार्कीका अनुसार भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरिब परिवारलाई परिचय पत्र वितरण गनै लागिएको हो ।
यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिब घर परिवार पहिचान सर्वेक्षण बोर्डले गरेको अध्ययन अनुसार २५ जिल्लामा तीन लाख ९१ हजार ८ सय ३१ परिवार गरिब रहेको देखाएको थियो ।
मन्त्री कार्कीले उक्त सर्वेक्षणले देखाएको सबैभन्दा धेरै गरिब र सबैभन्दा धेरै धनि जिल्लाको प्रारम्भिक तथ्यांक अनुसार परिचयपत्र बितरण गरिने बताए ।
उनले यसअघि बनाइएको मापदण्ड अनुसार परिचय पत्र वितरणको काम चाँडै सुरु गर्ने पनि बताए ।
प्रतिक्रिया