काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ । इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् ।
इटालीमा साउन ८ देखि सुरु उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुने छ । ७ दिने तालिम र सात दिने अवलोकनका लागि छुट्याइएको छ । ती सबै कर्मचारी एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च व्यहोर्ने गरी इटाली गएका हुन् । नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया