देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले टुंग्याए तीनै पार्टीबाट मन्त्रीहुनेहरुको नाम, आजै शपथ गराउने तयारी

देशान्तर

काठमाण्डौं । प्रधानमन्त्री शेरबाहाुर देउवाले नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम लगभग टुंङ्गो लगाएका छन । माओबादी केन्द्र र फोरम लोकतान्त्रिकको तर्फबाट मन्त्रीहरुको नाम टूंगिएकाले देउवा आज मंगलबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आज भ्याए आजै र नभ्याए भोली बिहान नयाँ मन्त्रीहरुको शपथ गराईने भएको छ ।
यस अघि भएको सहमती अनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय पाउने छ ।

 

कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुरले यस अघिनै मन्त्रालय सम्हाली सकेका छन । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक–एक मन्त्री बन्नेछन् ।

 
देउवा निकट श्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसीको पक्का भएको छ ।

 

महिलामा सरिता प्रसाई र कमला पन्तबीच एक जनालाई मन्त्री बनाईने भएको छ । सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ ।
सरकार विस्तारका लागि माओवादीले मन्त्रीहरुको नाम टुंगो लगाई सकेको छ । नौ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साहले जिम्मेवारी सम्हाली सकेका छन । सत्ता साँझेदार मधेशी जनअधिकार फोर लोक्तान्त्रीकले पनि सरकारमा जानेको नाम टुंगो लगाई सकेको छ ।