देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवासंग बरिष्ठ नेता पैडेलले मागे भौतिक र संचार मन्त्रालय

देशान्तर

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहादुर देउवाले सरकार बिस्तारको अन्तिम तयार गरिरहेका बेला पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले भौतिक र संचार मन्त्रालय नपाए सरकार बिस्तारमा असहयोग गर्ने भएका छन ।

उनको यो भनाई पछि सत्ता नेतृत्व गरिरहेको नेपाली कांगेस भित्रै मन्त्रालय बाँडफाँडमा फेरी बिबाद देखिएको छ । देउवाले आफ्ना पक्षलाई मात्रै मन्त्रीमण्लमा लान प्रयास गर्नु तर, पौडेल पक्षलाई बेवास्ता गर्दै, आए आउन नआए छाडिन्छ भने निति लिएपछि पौडेले भौतिक र संचार बिना सहभागि नहुने जनाएका हुन ।

पौडेल निकट सुत्रका अनुसार बिहान भएको छलफलमा देउवाले भोली सम्मा मन्त्रीपरिषद बिस्तार गर्ने र पौडेललाई पनि सम्मान जनक स्थान दिने बताए पनि देउसो एकाएक बोली फेरेका थिए ।

मन्त्रीपरिषद बिस्तारका बिषयमा सानेपास्थित पार्टी कार्यालयमा दुईपटक भएको छलफलमा देउवाले उचित स्थान दिन नमाने पछि पौडेलले भौतिक योजना नभए आफु खुसिगर्नु भन्दै बैठक छाडेर हिडेका थिए ।

बिहानको छलफलमा प्रधानमन्त्री देउवाले पौडेलसँग मन्त्रीमण्डलमा क–कसलाई पठाउने हो आजै नाम पठाउनु भनेका थिए ।

तर, मन्त्रालय र नाम दिएपछि देउवाले असहमती जनाएको पौडेल पक्षको भनाई छ ।