काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरी पनि कम्युष्टि एकताका लागि फेरीपनि अह्वान गरेका छन । उनले एमालेको अन्धराष्ट्रवाद, संशोधनवाद र अवसरवादलाई चिर्न पनि क्रान्तिकारी कम्युनिष्टबीच एकताको आवस्यकता भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा दाहालले माओवादीहरुको एकतामा बिना देशको निकास सम्भव नभएको दाबी गरे ।
उनले पार्टी बैठकले समेत एकताका लागि आहृवान गरेको तर, अहिले सम्म फुटेर गएकाहरुले एकिकरणका लागि कुनै सूचना नदिएकोले उनिहरु राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलनका घात भएको भन्दै आरोप समेत लगाए ।
दाहालले आफ्नो पार्टीले एकताका लागि आहृवान गर्दापनि वैद्य माओवादी, नयाँ शक्ति र विप्लव समूह अर्कै एकता तर्फ लागेर गम्भिर गल्ती गरिरहेको दाबी गरे ।
उनले मुलुकमा एमाले प्रति संकेत गर्दै अन्धराष्ट्रवाद, संशोधनवाद र अवसरवादको बोलवाला हटाउन आफुले क्रान्तिकारी कम्युनिष्टबीच एकता आवस्यक भएको महसुस गरेको बताए ।
प्रतिक्रिया