काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री सशांक कोईरालाले कांग्रेसको केन्द्रिय समितिको बैठक महत्वपुर्ण निर्णय गर्ने बताएका छन । उनले तीन दिन देखि जारी काँग्रेसको केन्द्रिय कार्यसमितिको सोमबारको बैठकले यस्तो निर्णय गर्ने बताए । स्थानीय तहको निर्वाचन परिणामका बारेमा समिक्षा तथा आगामि निर्वाचन बारे रणनीति तय गर्न शनिवारबाट जारी बैठकमा नेताहरुले धारणा राखि रहेका छन ।
बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिले पुर्णता नपाएको,निर्वाचनमा शिर्ष नेताहरुकै कारण घाटा पुगेको लगायतका बिषयमा नेताहरुले समिक्षा गरिरहेको पार्टीका महामन्त्री सशांक कोइरालाको भनाई छ । कांग्रेस बैठकबारे जानकारी दिदै कोईरालाले आईतबारको बैठकमा बोल्ने बक्ताहरुले पार्टी शशक्त र सुदृढ भएर अगाडी बढ्नु पर्नेमा जोड दिएको बताए ।
पार्टीको निर्णय नमान्ने र अन्तरघात गर्नेलाई पार्टीले तत्काल कारवाहि गरेर अनुशासन कायम गराउन सक्नु पर्नेमा पक्षामा नेताहरु रहेको महामन्त्री कोईरालाको भनाई छ । उनले गुट उपगुटले पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी दोस्रो स्थानमा खुम्चनु परेको भन्दै गुटबन्दि अन्त्य गर्न पनि धेरै जसो केन्द्रिय सदस्यको माग रहेको बताएन । कोईरालाका अनुसार नेतृत्वको असक्षमताका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रोमा खुम्चिन पुगेको निश्कर्ष नेपाली कांग्रेसको केन्द्रीय समितिले निकाल्ने बताए ।
बैठकमा मन्तव्य दिने अधिकांश नेताले अन्तर्घातभन्दा पनि उम्मेद्वार चयनमा राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने प्रवृति अन्त्य हुन नसकेको भन्दै चिन्ता जनाएका छन् ।
आईतवारको बैठकमा नेताहरु रमेश लेखक, दिलेन्द्र बडु, पुष्पा भुसाल, इश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, वीरबहादुर बलायर, मोहन बस्नेत लगायतले २ चरणमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै तेस्रो चरणका लागि विशेष रणनीति बनाएर अगाडी जानुपर्नेमा जोड दिएका थिए ।
स्थानीय तह कार्यान्वयन भइसकेकाले पार्टीको संगठनलाई पनि सोही अनुरुप बनाउनका लागि विधान संशोधनको प्रस्ताव पनि नेताहरुले बैठकमा राखेका छन् ।
महामन्त्री कोईरालाले बैठकमा पार्टीलाई चलायमान बनाउन विभागहरुको पूर्णता, मन्त्रिमण्डलमा सहभागिताका लागि पार्टीभित्र छलफल, चुनवामा अन्तर्घात गर्नेलाई कारबाही र सक्षम नेतृत्वको लगायतका बिषयमा छलफल हुने बताए । आईतबारको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएकोले बैठक सोमबार पनि बस्न लागेको हो ।
प्रतिक्रिया