काठमाडौं । नेपाली कांग्रेसले राजनितिक जटिलता बढ्दै गएको भन्दै केन्द्रिय समितिको बैठक दुई दिन अघि सारेको छ । यसअघि साउन ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर साउन ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ७ गते बिहान ८ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।
समसामयीक राजनीतिक परिस्थितिमा छलफल गरेर छिटो निर्णयमा पुग्नुपर्ने भएकाले बैठक २ दिन अघि सारिएको पौडेलले बताए ।
केन्द्रीय समितिको बैठकमा सरकार सञ्चालन र आगामी चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले दुई नम्बर प्रदेशका ८ जिल्लाहरुको चुनावी अवस्था बुझ्न र रणनीति बनाउन बिहिबार काठमाडौंकोमा छलफल गरिरहेको छ ।
दोस्रो चरणमा चुनाव भएका मधेशका ११ जिल्लामा समेत एमाले पहिलो भएपछि कांग्रेसले मधेस एजेण्डाबारे जिल्ला सभापति, सांसद, पूर्वसांसद, क्षेत्रिय सभापति लगायतको सुझाव लिन यो भेला बोलाएको हो ।
प्रतिक्रिया