देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यसचिवबाट राजीनामा नदिई सुवेदी एडिबीको जागिरमा

देशान्तर

काठमाडौं । मुख्यसचिव डा. सोमलाल सुवेदी पदबाट राजीनाम नदिएरै एसियाली विकास बैंक एडीबीको जागिर खान फिलिपिन्सको मनिला जानका लागि मंगलबार सिंहदरबारबाट बिदार्इ भएका छन्। एडिवीको उपकार्यकारी निर्देशकमा मनोनयन भइसकेका सुबेदी आज त्यसतर्फ उड्ने भएका छन्। आगामी साउन १ गतेदेखि उनी एडिविमा हाजिर हुनेछन्। गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल आगामी २०७५ साल साउन २२ सम्म रहेको छ।

उनले त्यतिवेलासम्म मुख्य सचिवकै विशेष पद सिर्जना गरेर आफ्नो पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर राजीनामा नदिएरै बिदा भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ट सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिदै सुवेदीले सिंहदरबार छोडेका छन्।

मुख्यसचिव सुृवेदीले जाँदाजाँदै अर्को मुख्यसचिव नआउँदासम्म वरिष्ट सचिवले निमित्त मुख्यसचिवको रुपमा काम गर्ने गरी अधिकारीलाई निमित्तको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सवैभन्दा वरिष्ट सचिव रामकुमार आचार्य भएपनि उनी अहिले देश वाहिर भएकोले स्वदेश फर्केलगत्तै निमित्त मुुख्यसचिव हुने गरी अधिकारीलार्इ जिम्मा दिएका छ्न।

मंगलवारदेखि सुवेदीले विदा लिए पनि सरकारले नयाँ मुख्यसचिव भने बनाउन सकेको छैन। मुख्यसचिवको प्रमुख दावेदार मानिएका सचिव धनबहादुर तामाङ मंगलवार नै सेवा निवृत्त भएपछि उनको सम्भावना सकिएको छ। यद्यपि अर्का वरिष्ट सचिव राजेन्द्र किशोर क्षेत्री, वरिष्ट सचिवहरु शान्तराज सुवेदी, शान्त वहादुर श्रेष्ठ पनि मुख्य सचिव हुने लार्इनमा रहेका छन्।